Home » » सुनको भाउ लगातार ओरालो,४७ हजार २ सयमा किनबेच

सुनको भाउ लगातार ओरालो,४७ हजार २ सयमा किनबेच

Written By Unknown on Friday, July 24, 2015 | 12:14 AM

साउन ८ 
यो हप्ता सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ता सुन तोलामा २३ सय रुपैयाँले घटेको  छ । हप्ताको पहिलो दिन आइतबार तोलामा  ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन शुक्रबार ४७ हजार २ सय रुपैयाँमा झरेको छ ।
सार्वजनिक बिदाका कारण आइतबार, सोमबार र मंगलबार तोलामा ४९ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको सुन बुधबार र बिहीबार घटेर ४८ हजार रुपैयाँमा कायम रह्यो । ४८ हजारबाट पनि शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर सुन ४७ हजार २ सय रुपैयाँमा झरेको हो । सुनको भाउ ह्वात्तै घटेपछि कारोबार र माग पनि त्यहि अनुपातमा बढेको छ । सुन व्यवसायीका अनुसार गएको मंगलबारसम्म दैनिक १५ किलोको हाराहारीमा मात्र कारोबार भएको सुन बुधबारदेखि ३० किलोको हाराहारीमा माग बढेको छ । कतिपय ग्राहक भने सुनको भाउ अझै घट्ने अनुमानमा पर्ख र हेरको अवस्थामा छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC