Home » » वीर अस्पतालले पनि लिन थाल्यो निःशुल्क शैयामा शुल्क

वीर अस्पतालले पनि लिन थाल्यो निःशुल्क शैयामा शुल्क

Written By Rijan KC on Friday, July 24, 2015 | 7:08 PM

९ साउन, काठमाडौ । गरिब बिरामीलाई निःशुल्क शैया उपलब्ध गराउँदै आएको वीर अस्पतालले अब शुल्क लिन थालेको छ । भूकम्पले भवन क्षति गरेको र ट्रमा सेन्टरबाट सेवा दिनुपरेको कारण देखाउँदै वीर अस्पतालले प्रति शैया दुई सय रुपैयाँ लिन थालेको हो ।
फाइल तस्वीर

केही समयअघिसम्म वीर अस्पतालका कुन ४६० शैयामध्ये ३३१ शैया विरामीलाई निःशुल्क उपलब्ध हुने गरेको थियो । अहिले वीर अस्पतालमा एउटा पनि शैया निःशुल्क प्रयोग गर्न नपाइने भएको गोरखापत्रमा खबर छ ।
पहिले निःशुल्क ३३१ शैयाबाहेक १२९ शैयालाई ११० रुपैयाँदेखि १५० रुपैयाँसम्म तिर्नुपर्दथ्यो । अहिले यी शैयालाई पनि प्रतिदिन दुई सय रुपैयाँ तिर्नुपर्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्पस)का उपकुलपछि डा. गणेश गुरुङले वीर अस्पतालका भवन भूकम्पबाट क्षतिग्रस्त भएकाले ट्रमा सेन्टरबाट सेवा दिन थालेको र ट्रमा सेन्टरले ट्रमा सेन्टरले रकम असुल गर्ने गरेको बताए । वीर अस्पतालको आयस्रोत पनि कम भएकाले शुल्क लिने गरेको उपकुलपछि डा. गुरुङले बताए ।

वीरका निर्देशक डा.स्वयमप्रकाश पण्डितले ट्रमा सेन्टर र वीर अस्पतालको नियम छुट्टै भएको बताए । वीर अस्पतालले आफ्नै भवनबाट सेवा दिन थालेपछि मात्रै शैया निःशुल्क हुने पण्डितले बताए ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC