Home » » कास्की र म्याग्दीका पहिरो पीडितलाई क्षतिपूर्ति दिन मालेको माग

कास्की र म्याग्दीका पहिरो पीडितलाई क्षतिपूर्ति दिन मालेको माग

Written By Unknown on Thursday, July 30, 2015 | 5:45 AM

१४ साउन, 
कास्की र म्याग्दीका पहिरो पीडितलाई क्षतिपूर्ति दिन नेकपा मालेले सरकारसँग माग गरेको छ । माले महासचिव सीपी मैनालीले विहीबार विज्ञप्ति निकालेर मृत्यु तथा घाइते भएका परिवारलाई उचित क्षतिपूर्ति अविलम्व प्रदान गर्न माग गरेका हुन् । वेपत्ता भएकाहरुको खोजी गर्न र संभावित बाढी तथा पहिरोको खतरामा रहेका जनतालाई सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न पनि माग गरिएको छ । मालेले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुका परिवारजनहरुप्रति समवेदना व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC