Home » » काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण जतिसक्दो छिटो सक्न संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण जतिसक्दो छिटो सक्न संसदीय समितिको ध्यानाकर्षण

Written By Unknown on Thursday, July 30, 2015 | 5:40 AM

श्रावण १४ 
व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । समितिको विहीबार सिंहदरबारमा बसेको बैठकले मुलुकको आर्थिक प्रगतिका लागि काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माणकार्यलाई जतिसक्दो छिटो सक्न सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराएको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले मुलुकको प्रतिष्ठाको फास्ट ट्रयाक निर्माणकार्य कुनै हालतमा पनि नरोकिने बताए । मन्त्री निधिले फास्ट ट्रयाक निर्माणका लागि वन तथा उर्जा मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए । यसैगरी, विहीबारै बसेको वातावरण संरक्षण समितिले मेलम्ची खानेपानी आयोजना निर्माणको काममा भएको ढिलाइबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा सदस्यहरुले मेलच्ची आयोजना सम्पन्न हुने बारेमा सर्वसाधारणलाई झुठो वितरण दिइएको भन्दै आपत्ति जनाएपछि समितिले त्यसबारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको हो । सदस्यहरुले आयोजनाको काम निर्धारित मितिमै सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् । उनीहरुले आयोजनाको सुरुङ निर्माणकार्यको व्यवस्थापनमा सुधार गर्न माग गरेका छन् । यसैगरी, समितिका सदस्यहरुले निर्माण सामाग्रीको मूल्यबृद्धि नियन्त्रण गर्ने संरचना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नसमेत सुझाव दिएका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC