Home » » हुती विरुद्धको गठबन्धन सेनाद्वारा संघर्ष बिरामको घोषणा

हुती विरुद्धको गठबन्धन सेनाद्वारा संघर्ष बिरामको घोषणा

Written By Unknown on Saturday, July 25, 2015 | 10:57 PM

श्रावण १० 
यमनमा जारी हुती विद्रोह नियन्त्रण गर्न खटिएको सउदी अरब नेतृत्वको गठबन्धन सेनाले पाँच दिने संघर्ष विराम गरेको छ । यमनको ताइज सुबे राज्यमा गरिएको हवाई आक्रमणमा सर्वसाधारण मारिएपछि सउदी अरबले संघर्ष बिराम गर्ने घोषणा गरेको हो । यसबाट यमनी नागरिकलाई केही समय भएपनि राहत दिने सउदी अरब सरकारको दावी छ । यमनी राष्ट्रपति मंसुर हादीको आग्रह अनुसार सउदी अरबका बादशाह शाह सलमान संघर्ष बिराम गर्न तयार रहेको बुझिएको छ । यसअघि पनि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा एक हप्ते संघर्ष विराम गरिए पनि सफल भएको थिएन । यमनमा हुती बिद्रोहीले बर्षौदेखि गर्दै आएको आतंकवादी आक्रमणमा सयौं मारिएपछि सउदी अरबको गठबन्धन सेनाले हुती विद्रोहीबिरुद्ध आक्रमण गरिरहेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC