श्रावण १०
साउदी अरबियाका राजा सलमान वार्षिक विदा मनाउन आइतबार फ्रान्स पुग्दैछन् । फ्रान्सको रिभेरा बिचमा रहेको आफ्नो आलीसान भिल्लामा साउदी राजपरिवार तीन हप्तासम्म बस्न सक्ने बताइएको छ । साउदी राजपरिवारको सुरक्षाकै लागि रिभेरा बिच सर्वसाधारणका लागि बन्द गरिएको छ । सर्वसाधारणले भने प्राकृतिक सम्पत्तिमाथि बन्देज लगाउन नमिल्ने भन्दै विरोधमा हस्ताक्षर अभियान थालेका छन् । झण्डै एक लाख व्यक्तिको हस्ताक्षरसहित उनीहरुले फ्रान्स सरकारलाई पर्यटकीय समुद्री तट सर्वसाधारणका लागि खुल्ला गर्न आग्रह गरेका छन् । तर फ्रान्स सरकारले भने साउदी राजाको सुरक्षा संवेदनशिलताको ख्याल गर्दै समुद्री तटसँगै शहरको सुरक्षा समेत कडा पारेको छ । साउदी राजपरिवारको भ्रमण टोलीमा एक हजार जना रहेको बुझिएको छ । जसमध्ये राजासँग निकटसम्बन्ध राख्ने तीन सय जना राजाकै निजी भिल्लामा बस्नेछन् । अरु सात सय जना भने कान्स शहरका विभिन्न होटलमा बस्नेछन् । साउदी टोलीको भ्रमणले स्थानीय होटल व्यावसायीहरु भने उत्साहित भएका छन् । साउदी राजपरिवार विश्वमै बढी खर्च गर्ने क्षमता भएको शासकहरुमा पर्दछन् ।
Post a Comment