Home » » मुस्लिम संघर्ष गठबन्धनद्वारा आन्दोलनको चेतावनी

मुस्लिम संघर्ष गठबन्धनद्वारा आन्दोलनको चेतावनी

Written By Unknown on Friday, July 31, 2015 | 12:07 AM

श्रावण १५ 
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले संविधानको मस्यौदामा आफ्नो समुदायका हक–अधिकार सुनिश्चित नभएको भन्दै आपत्ति जनाएको छ । गठबन्धनको शुक्रबार बसेको केन्द्रीय समितिको विस्तारित बैठकले आफ्ना माग संविधानमा सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
धर्मनिरपेक्षतालाई संविधानमा समावेश गर्नुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गरिनुपर्ने, मुस्लिम समुदायलाई पनि अन्य जात जाति र भाषाभाषीसरह सुविधा दिनुपर्नेलगायतको माग गठबन्धनको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC