श्रावण १५
भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । संविधान निर्माण प्रक्रियाका विषयमा भेटवार्ता केन्द्रीत रहने जनाइएको छ । देउवाले शुक्रबार नै भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । यसअघि देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
Post a Comment