नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज आज ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । ऋषिपञ्चमी व्रतमा महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा दतिवनले दात माँझेर, चोखो माटो, तिल र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर दिउँसो अरून्धतीसहित सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने प्रचलन छ । ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ । टेकुको ऋषेश्वर सहित देशभरका मन्दिरहरुमा बिहानैदेखि महिलाको घुईंचो लागेको छ ।
Home »
National News
» हरितालिका तीज आजदेखि समापन गरिदैं
हरितालिका तीज आजदेखि समापन गरिदैं
Written By Unknown on Thursday, September 17, 2015 | 8:09 PM
Labels:
National News
Post a Comment