नेपालको संविधान २०७२ आज प्रमाणीकरण हुँदैछ । संविधानसभाको ल्होत्से हलमा संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवम् सभासदहरुले संविधानको प्रतीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यसका लागि बिहान ९ बजेखि अपरान्ह ३ वजेसम्मको समय तोकिएको छ । सबै सभासदहरुले हस्ताक्षर गरिसकेपछि अन्त्यमा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले हस्ताक्षर गर्ने कार्यक्रम संविधानसभा सचिवालयले बनाएको छ । संविधान प्रमाणिकरण प्रयोजनका लागि ५ प्रति संविधान छापिएको छ । नेपाली कागजमा छापिएका ५ प्रति संविधान कानुन किताबखाना लगायतका ठाँउहरुमा रहनेछन् । यसपछि मात्रै संविधानको नियमित प्रति प्रकाशन गरिने छ ।
Home »
National News
» नेपालको संविधान २०७२ आज प्रमाणीकरण हुँदै
नेपालको संविधान २०७२ आज प्रमाणीकरण हुँदै
Written By Unknown on Thursday, September 17, 2015 | 8:11 PM
Labels:
National News
Post a Comment