Home » , » फेरि नेपालभित्र हिन्दी च्यानल र फिल्म रोक

फेरि नेपालभित्र हिन्दी च्यानल र फिल्म रोक

Written By RaAz Shah on Thursday, November 26, 2015 | 6:56 AM

दुई महिनाअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपालभित्र हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने भएको छ। बिहीबारदेखि नेपालभरि हिन्दी फिल्म, च्यानल तथा विज्ञापन रोक्ने र भारतीय नम्बरप्लेटका गाडी चल्न रोक लगाउने सो पार्टीले जनाएको छ।
'बिहीबारबाट नेपालमा भारतीय च्यानल, फिल्म तथा विज्ञापन बन्द गराउन सम्बन्धित संस्थाहरुलाई पत्रचार गरिरहेका छौं । त्यस्तै भारतीय नम्बरप्लेटका गाडीहरु नेपालभित्र चल्न समेत रोक लगाउने भएका छौं,' प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने,'नाकाबन्दीका कारण जनजीवन प्रभावित भइरहँदा दुई महिनाअघि गरेको हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई निरन्तरता दिएका हौं । त्यसको विकल्पमा नेपाली फिल्म तथा संगीतलाई प्राथमिकतामा राखिएको छ।'
नेपाल हिन्दी फिल्म र च्यानलको ठूलो बजार क्षेत्र हो। संविधान सभाको अत्याधिक बहुमतले संविधान निर्माण गरेपछि आक्रोसित बनेको भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ। भारतीय हस्तक्षेपका कारण आक्रोसित नेपालीहरुले हिन्दी सिनेमा बहिस्कार गरेर एवं च्यानल बन्द गरेर साथ दिने माओवादी नेता विश्वकर्माले बताए। 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC