Home » » विप्लव माओवादीले चितवनमा अर्धनग्न जुलुस निकाल्यो........

विप्लव माओवादीले चितवनमा अर्धनग्न जुलुस निकाल्यो........

Written By RaAz Shah on Saturday, November 28, 2015 | 6:59 AM

चितवनमा विप्लव माओवादीको  अर्धनग्न जुलुस 
भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका कारण नेपाली जनता निकै कष्टकर दैनिकि गुजारा   गर्नुपरेको छ ।

जसका कारण अहिले विभिन्न संघसंस्था, राजनीतिक दलहरु भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिरहेका छन् । यसैक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपा–माओवादी चितवनले पनि भारतीय हस्तक्षेपको विरोध गरेको छ । उसले आज दिउँसो नारायणगढमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ । युवाहरुले आफ्नो शरीर भारतीय हस्तक्षेप बन्द गर भनेर लेखेका थिए ।

भरतपुरको चौविसकोठी चोकबाट सुरु भएको प्रदर्शन नारायणगढको पुल्चोक सम्म पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरुले जनयुद्ध जारी छ, भारतीय विस्तारवाद मुर्दाबाद, भारतीय हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका थिए ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC