Home » » युवा पत्रकार नारायण ढुंगानाा सम्मानित

युवा पत्रकार नारायण ढुंगानाा सम्मानित

Written By Unknown on Friday, March 11, 2016 | 5:16 AM


रत्ननगर, २८ फागुन । पत्रकारिताको माध्यामबाट समुदायलाई सुसुचित गर्न महत्वपूर्ण योगदान दिएको भन्दै चितवनका युवा पत्रकार नारायण ढुंगानालाई ‘अर्पण पत्रकारिताप्रेमी व्यक्तित्व सम्मान २०७२’ बाट सम्मान गरिएको छ । रत्ननगरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उहाँलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको हो । चितवनमा विगत ११ बर्षदेखि पत्रकारिता गर्दै आउनुभएका ढुंगाना नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद हुनुहुन्छ । राष्ट्रिय समाचार समिति(रासस) चितवनका समाचारदाता रहनुभएका उहाँ एटुजेड समाचार डटकमका प्रधान सम्पादन हुनुहुन्छ भने महिला खबर डटकममा समाचार लेख्दै आउनुभएको छ । विशेष गरी पर्यटन, वातावरण र संरक्षण तथा आर्थिक पत्रकारितामा रुचि राख्नु हुने पत्रकार ढुंगाना लैङिगक समानताका विषयमा फिचर समाचार समेत लेख्दै आउनुभएको छ । यसअघि फागुन सात गते उहाँलाई राससले मध्यमाञ्चलमै उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको थियो भने अघिल्लो महिना माघमा रत्ननगर क्षेत्रको विकासमा समाचार लेखेर योगदान पुर्याएको भन्दै पत्रकारिता पुरस्कार समेत प्रदान गरेको थियो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC