बैशाख २५, रत्ननगर । पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ । मिस नेपाल अस्मी श्रेष्ठले केन्द्रमा आश्रित वालवालिकालाई खाद्यान्न अभाब भएको थाहापाई १५ वोरा चामल,१ वोरा दाल र चाउचाउ सहयोग गरेकी हुन । गत हप्ता केन्द्रमा गएर चेपाङ वालवालिकाको वारेमा जानकारी दिएकी मिस नेपाल अस्मीले परिवारजन मार्फत सो सहयोग हस्तान्तरण गरेकी हुन । केन्द्रमा आयोजित कार्यक्रममा श्रेष्ठका परिवारले चेपाङ वालवालिकालाई खाद्यान्न हस्तान्तरण गरेका थिए । यसैबीच हायत रिजेन्सी होटल काठमाडौंले केन्द्रमा शौचालय निर्माणको लागि तीन लाख रुपैया उपलब्ध गराउने घोषणा गरेको छ । आज होटलकी प्रबन्ध निर्देशक सिनेड केन्द्रमा पुगेर सो सहयोग घोषणा गरेकी हुन । सो सहयोग वाट केन्द्रमा सुविधा सम्पन्न शौचालय निर्माण गरिने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरे,समाजसेवी सरस्वती रिजाल,व्यवसायी तथा केन्द्रका सल्लाहकार वालगोपाल चुके,धु्रब गिरी,रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष रविन जोशी,उद्योग वाणिज्य संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गरेका थिए । त्यसैगरी केन्द्रको आर्थिक र जिन्सीको आम्दानी खर्च हरेक तीन तीन महिनामा सार्वजनिक गर्ने गरी केन्द्रका सदस्य शिशिर सिंखडालाई जिम्मेवारी दिइएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए । केन्द्रमा १५० जना चेपाङ वालवालिका आश्रित छन ।
Home »
Local News
» चेपाङ केन्द्रलाई मिस नेपाल श्रेष्ठद्धरा खाद्यान्न सहयोग
चेपाङ केन्द्रलाई मिस नेपाल श्रेष्ठद्धरा खाद्यान्न सहयोग
Written By Unknown on Saturday, May 7, 2016 | 5:48 AM
Labels:
Local News
Post a Comment