नवलपरासी, वैशाख २५ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु जंगलमा रोकिराखेको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा एक जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।
मध्यविन्दु नगरपालिका–७ मध्यविन्दुमा बिग्रिएर रोकी राखेको बा १ क २०४६ नम्बरको ट्रकमा शुक्रबार राति सुनौलीबाट काठमाडौंका लागि छुटेको एम. एच. ४७ एस. २४९३ नम्बरको भारतीय नम्बर प्लेटको कार ठोक्किँदा भारत महाराष्ट्रका ३९ वर्षका अभयचन्द्र यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण कार ट्रकमा ठोक्किएको प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताउनुभयो । दुर्घटनामा परि भारत मुम्बईका योगेश भट्ट, भारत लक्ष्मिपुरका दिलिप सोनी र जितेन्द्र पालसिंह घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment