Home » » रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विजयी

रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विजयी

Written By Rijan KC on Sunday, June 14, 2015 | 1:58 AM

Ronaldo
३१ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा पोर्चुगलले युरो कप छनोट फुटबलमा अर्मेनियालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा पोर्चुगलले अर्मेनियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता भने अर्मेनियाले लिएको थियो । १४ औं मिनेटमा अर्मेनियाका लागि पिज्जेलीको गोल गरे । तर, २९ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । जसमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । दोस्रो हाफको ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका रोनाल्डोले तीन मिनेटभित्र अर्को गोल गर्दै हृयाटि्रक पुरा गरे । यो सिजन उनको नवौं हृयाट्रिक हो । उनले सबै प्रतियोगितामा गरेर ६६ गोल गरेका छन् ।
६२ औं मिनेटमा थिएगोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भयो । त्यसको फाइदा उठाउँदै अर्मेनियाले खेलको ७१ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेन र पोर्चुगल ३-२ ले विजयी भयो । जितसँगै पोर्चुगल १२ अंकका साथ समूह ईको शीर्ष स्थानमा छ भने ७ अंक जोडेको अर्मेनिया तेस्रो स्थानमा छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC