Home » » १११ वर्ष पुरानो रेकर्ड तोड्दै नाथन बने सफल अफ स्पिनर

१११ वर्ष पुरानो रेकर्ड तोड्दै नाथन बने सफल अफ स्पिनर

Written By Rijan KC on Sunday, June 14, 2015 | 1:58 AM

Nathan-Lyon
३० जेठ, काठमाडौं । नाथन लियोन १११ वर्ष पुरानो कीर्तिमान तोड्दै अष्ट्रेलियाको सफल अफ स्पिनर बनेका छन् ।
२७ वर्षका लियोनमा वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्टमा क्रममा क्रेग ब्रेथवेटलाई बोल्ड गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
यो उनको टेष्ट करियरको १४२ औं विकेट थियो । यससँगै उनले हृयु ट्रम्बलको कीर्तिमान भंग गरेका छन् । अष्ट्रेलियाको सफल अफ स्पिनर ट्रम्बलले सन् १९०४ ३२ टेष्टमा मा १४१ विकेटको रेकर्ड बनाएका थिए । दोस्रो टेष्टको दोस्रो दिनको खेल सकिँदासम्म लियोनले ३ विकेट लिएका छन् । यससँगै ४१ टेष्टमा १४४ विकेट भएको छ । २०११ मा फस्ट क्लास क्रिकेटमा डेब्यू गरेकोमा उनले केही समयपछि नै श्रीलंकाविरुद्धको टेष्टमा कुमार सांगाकाराको विकेट लिएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC