Home » » अर्काको मुख सुघ्ने ट्राफिकको हरि बिजोग

अर्काको मुख सुघ्ने ट्राफिकको हरि बिजोग

Written By Unknown on Monday, July 27, 2015 | 9:19 PM

चन्दन रौनियार, इटहरी |
अप्ठायारो कुना काप्चामा विद्रोहीले शत्रुपक्षलाई धराप थापे झैं सडकको ठाउँ ठाउँमा गाडी रोकेर मुख सुँघदै मादक पदार्थ सेवन गर्न नहुने भनि जरिवाना र अपमान पूर्वक ढंगले सान देखाउने क्ष्ेत्रीय ट्राफिक कार्यलय इटहरीका एक इनिस्पेक्टर डिउटी कै समयमा मातेर भक्कै लडेका छन् । यातायात व्यवस्था कार्यलय इटहरी र क्ष्ोत्रीय ट्राफिक कार्यलय मिलेर सवारी चालक अनुमति पत्र दिलाउने प्रकृयाको क्रममा ट्रायल ंिलदा सोमबार ट्रायल फिल्ड मै सहयोद्धा कर्मचारी, हजारौं सेवाग्राही, र असङख्य सर्वसाधारणको बीचमा तराईवासी सम्प्रदायका इनिस्पेक्टर रक्सीले मातेर ढलेका थिए । लाहानबाट त्यस्तै गज्याङगुजुङ भएपछि इटहरी ट्राफिकमा पुजा सिंह भएको वेला तानिएका यादवले आचरण विरुद्ध हदै सम्मको घटिया काम गरेको प्रत्यक्षदर्शी सेवाग्रही हरी न्यौपानेले बताए । दुनियाँलाई कार्वाही गर्ने निकायका जिम्मेवार अधिकृत आफैले त्यस्तो दुर्गति देखाएपछि बाटोबाटोमा गाडी रोकेर अरुलाई कार्वाही गर्ने ट्राफिकको नुर गिरेको छ । कार्य स्थलमा जंडिया हर्कत देखाइ अरुलाई फेल पास गराउँदै गर्दा एकासी लरखराउँदै ढलेका इनिस्पेक्टरको तमासा हेर्न लायकको थियो । स्थानीय सन्तोष कार्कीले बताए । आफ्नो मालिक मापसेको गन्धले ठसठसी गन्हायको र कर्तव्यच्यूत भई कार्यक्षेत्रमा ढलेपछि सिपाहीहरुले अनुहार खुम्च्याएर उठाई हतार हतार गाडीमा हालेका थिए । ट्रायल जाँचमा सहभागी यातायात व्यावस्था इटहरीका कर्मचारीहरुको अनुहार पनि लाजले कागती निचोरे जस्तो भएको थियो । कर्तव्यच्यूत र नैतिक हराम प्रवृतिको प्रहरी अधिकृतबारे क्षेत्रीय ट्राफिक कार्यलय इटहरीका एसपी नरबहादुर के.सीसँग यसबारे सम्पर्क गर्दा कार्वाही गर्छु भन्दै मोवाइल फोनमा प्रतिकृया दिए । केही वेर पछि गणराज्य कै ल्यान्डलाईन फोनबाट पुनः सम्पर्क गर्दा “ नरम हुँदै यो केही पनि होईन् । ६४ हजार जनशक्ति रहेको हाम्रो संगठनमा कोही कस्ता हुन्छन् । कोही कस्ता । मातेर ढलेको होइन , घामले पोलेर हो । त्यस्तो नलेख्नुस् ” भने । श्रोतका अनुसार मधेस क्षेत्रका ठुलै नेताको फोन आएपछि एस पी केसीले यो घट्नामा निगुरमुन्टी न को पोजिसन अप्नाएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC