Home » » संविधानसभा बैठक मंगलबार बेलुका बस्ने

संविधानसभा बैठक मंगलबार बेलुका बस्ने

Written By Unknown on Monday, July 27, 2015 | 4:48 AM

साउन ११ 
संविधानसभाको बैठक मंगलबार बेलुका ५ बजेका लागि बोलाइएको छ । संविधानसभा सचिवनलयका सह प्रवक्ता सुदर्शन कुईकेलले संविधानसभा बैठक मंगलबार बेलुका ५ बजेका लागि बोलाएको जानकारी दिनुभयो ।संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको राय सुझाव लिन बैठक स्थगित भएको थियो । जिल्लाबाट प्राप्त सुझावलाई एकीकृत गरेर नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले सोमबार बेलुका ७ बजे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउने कुईकेलले जानकारी दिनुभयो । नेम्वाङले प्रतिवेदन बुझेपछि त्यो प्रतिवेदन मंगलबारको संविधानसभा बैठकमा पेश गरिने छ ।  नागरिकहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्रता, प्रदेशको संख्या कम बनाउनु पर्ने र नामांकन र सिमांकन तोकेर मात्र संविधान जारी गर्नु पर्ने सुझाव दिएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC