राजु चौधरी,
चितवन, साउन ११–

चितवन
जिल्ला अदालतमा २ वर्षपछि अब चार जना न्यायाधिशका लागि दरवन्दी गरिएको छ ।
हाल ३ जना न्यायाधिशसहरुले मात्रै मुद्धा हेर्दै आईरहेका छन् । अब भने
जिल्लामा ४ जना न्यायधिशसहरुले कार्यसम्पादन गर्ने भएका छन् । यसै आर्थिक
वर्षबाट जिल्ला न्यायाधिश विनोदमोहन आचार्यसहित शेखर चन्द्र अर्याल,
सुवासबाबु पुरी र नारायणप्रसाद सुवेदीले चितवन जिल्ला अदालतबाट
कार्यसम्पादन गर्नेछन् । जिल्ला न्यायाधिशस आचार्य बाहेक अन्य सबै नयाँ
हुन् । न्यायाधिश अर्याल सिराहा, पुरी ओखलढुंगा र सुवेदी ललितपुरबाट चितवन
सरुवा हुनु भएको हो । उहाँहरु भने जिल्ला अदालतमा हाजिर हुन अझै बाँकी छ ।
यस
आर्थिक वर्ष सकिएसंगै जिल्ला अदालतले कामको चाप बढेको भन्दै थप एक
न्यायाधिशको माग गरेको थियो । सोही मागको आधारमा एक जना न्यायाधिश थप
गरिएको अदालतका नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनभुयो । चितवनमा
दुई वर्षअघि भने दुई जना मात्र न्यायाधिश दिए । त्यसबेला पनि चाप बढेपछि एक
जना थप गरिएको थियो । सो समयमा मूख्य न्यायाधिश विनोदमोहन आचार्यसहित
अनन्तराज डुम्रे र हिमलाल बेल्बासे रहनु भएको थियो ।
जिल्ला
न्यायाधिश विनोदमोहन आचार्यले न्यायाधिश थपिएसंगै अब मुद्धाको फछ्र्यौट
छिटो टुङगिनेमा विश्वास व्यक्त गर्नुभयो । “अहिले निकै हम्मे हम्मे परेको
थियो, अब सेवाग्राहीले छिटै सेवा पाउने छन्”–न्यायाधिश आचार्यले भन्नुभयो ।
गत
आर्थिक वर्ष २०७१/७२ मा चितवन जिल्ला अदालतले ६८.७४ प्रतिशत मुद्धा
फछ्र्यौट गर्न सफल भएको थियो । जसमा सबैभन्दा धेरै न्यायाधिश विनोद मोहन
आचार्यले मात्रै ९ सय ७ मुद्धा फछ्र्यौट गर्नुभएको थियो । उहाँको भागमा एक
हजार एक सय ७३ मुद्धा परेको थियो । यो ७७.३२ प्रतिशत हुन आउँछ ।
यस्तै न्यायाधिश अनन्तराज डुम्रेले एक हजार एक सय २५ मुद्धा मध्ये ७ सय ३७ मुद्धा फछ्र्यौट गर्नुभएको थियो । यो ६९.५१ प्रतिशत हुन आउँछ । यसैगरि न्यायाधिश हिमलाल बेल्बासेले एक हजार एक सय ५० मुद्धा मध्ये ७ सय २६ मुद्धा फछ्र्यौट गर्न सफल हुनु भएको छ । उहाँको यो फछ्र्यौट ६३.१३ प्रतिशत हुन जान्छ ।
यसरी
तीन जना न्यायाधिशले पनि जिल्लामा निकै सन्तोषजनक मुद्धा फछ्र्यौट गर्न सफल
भएका थिए । अब चार जना न्यायाधिशले झनै धेरै मुद्धा फछ्र्यौट गर्नेमा
विश्वास गरिएको छ ।
यस्तै न्यायाधिश अनन्तराज डुम्रेले एक हजार एक सय २५ मुद्धा मध्ये ७ सय ३७ मुद्धा फछ्र्यौट गर्नुभएको थियो । यो ६९.५१ प्रतिशत हुन आउँछ । यसैगरि न्यायाधिश हिमलाल बेल्बासेले एक हजार एक सय ५० मुद्धा मध्ये ७ सय २६ मुद्धा फछ्र्यौट गर्न सफल हुनु भएको छ । उहाँको यो फछ्र्यौट ६३.१३ प्रतिशत हुन जान्छ ।
Post a Comment