Home » » बिरामी भएपछि परिवारबाट माया पाउँदै पारस’

बिरामी भएपछि परिवारबाट माया पाउँदै पारस’

Written By Unknown on Sunday, July 26, 2015 | 11:14 PM

साउन ११ 
तीन वर्ष थाइल्याण्डको बैंकक बसेर गएको चैतमा स्वदेश फर्किएका पारसलाई त्यतिबेला परिवारका सदस्यले खासै चासो दिएनन् । साथीभाइ र समर्थक विमानस्थलमा पुगेर जयजयकार गर्दै स्वागत गरेपनि बाबु पूर्व राजा ज्ञानेन्द्र, आमा पूर्व रानी कोमल र श्रीमती पूर्व युवराज्ञी हिमानीले खासै वास्ता गरेनन् ।  निर्मल निवासमा समेत प्रवेश नपाएपछि पारस सहयोगीसँग बस्दै आउनुभएको थियो । तर अहिले परिवारका सदस्य उहाँसँग नजिक हुन थालेका छन् । ‘भूकम्पपछि सम्बन्ध बिस्तारै सुधार हुन थालेको हो’ पारसका एक सहयोगीले भने, ‘अहिले बिरामी भएर अस्पताल भर्ना भएपछि त परिवारले धेरै माया गर्न थालेका छन् ।’ पहिलेदेखि नै मुटु रोगका बिरामी पारस यतिबेला अस्पताल भर्ना हुनुभएको छ । मुटुको गतिमा केही अनियमितता देखिएपछि उहाँलाई आइतबार काठमाडौं थापाथलीको नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुने बित्तिकै पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल, पूर्व युवराज्ञी हिमानी लगायतले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थारबारे जानकारी लिएका थिए ।
‘छोराछोरीसँग पहिलेदेखि नै घुलमिल भएपनि बाआमा र श्रीमतीले बढी चासो दिन थालेको चाहिँ केही दिन मात्रै भयो’ पारसका सहयोगीले भने ।पारसको मुटुको गति अनियमित भएपनि गतिलाई नियमित गर्न आइसिडी ९इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर० जडान गरिएको छ । सिसियुमा उपचार  गरिरहनुभएका पारसलाई अझै केही दिन अस्पताल राख्नुपर्ने डाक्टरहरुले बताएका छन् । पूर्वयुवराज पारसको आठ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिक अस्पतालमै आकस्मिक कोरोनरी एन्जियोप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो भने दुई वर्षअघि बैंककमै हुँदा उहाँलाई फेरि हृदयाघात भएको थियो । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC