Home » » भ्रष्टाचारको आरोपमा सैनिक अधिकृत निलम्बन

भ्रष्टाचारको आरोपमा सैनिक अधिकृत निलम्बन

Written By Unknown on Thursday, July 30, 2015 | 11:58 PM

श्रावण १५ 
भ्रष्टाचारको आरोपमा चीनका एक वरिष्ठ सैनिक अधिकृत निलम्बनमा परेका छन् । चीनका वरिष्ठ सैनिक जनरल कुओ पोसियांगलाई घुस लिई पदको दुरुपयोग गरेको आरोपमा पदबाट निलम्बन गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो देशमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान जारी रहेको जानकारी दिँदै कुनै पनि भ्रष्टाचारीले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । उनले सेनामा रही भ्रष्टाचार गर्दा सेनाको क्षमतामा समेत असर पर्ने भन्दै सेनाभित्र उचित छानबिन भइरहेको बताए ।
सन् २००२ देखि सन् २०१२ सम्म चीनका केन्द्रिय सैनिक कमिशनका उपाध्यक्ष समेत रहेका जनरल कुओ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत हुन् ।
यसअघि सैन्य अधिकृतकै रुपमा रहेका कुओका छोरालाई पनि भष्टाचारको अभियोगमा पक्राउ गरिएको थियो । चीनमा पछिल्लो समय भष्टाचारको आरोपमा २५ भन्दा बढी नेता कारबाहीमा परिसकेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC