Home » » समलैंगिकको र्‍यालीमा छुरा प्रहार, ६ जना घाइते

समलैंगिकको र्‍यालीमा छुरा प्रहार, ६ जना घाइते

Written By Unknown on Thursday, July 30, 2015 | 11:55 PM

श्रावण १५ 
इजरालयको राजधानी येरुशलममा समलैंगिकहरुले निकालेको एक र्‍यालीमा छुरा प्रहार हुँदा कम्तीमा ६ जना घाइते भएका छन् । प्रहरी प्रवक्ताका अनुसार हमलाकारीलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका ती व्यक्तिले सन् २००५ मा पनि यस्तै र्‍यालीमा आक्रमण गरी तीनजनालाई घाइते तुल्याएका थिए । कट्टरपन्थी यहुदी यिशाई श्लिस्शेल नाम गरेका ती हमलाकारीलाई सन् २००५ कै घटनामा १२ वर्ष जेल सजाय भएको थियो । उनी जेल सजाय काटेर तीन साता अघिमात्र रिहा भएका थिए । र्‍यालीमा पछाडीबाट प्रवेश गरेका उनले एक्कासी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका थिए । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सो हमलाको निन्दा गरेका छन् । समलैंगिक अधिकार र्‍याली इजरालयमा धर्मनिरपेक्ष बहुसंख्यक र कट्टरपन्थी यहुदीका बीच तनावको कारण बन्दै आएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC