Home » » नेपालले शुक्रबार स्कटल्याण्डको सामना गर्दै

नेपालले शुक्रबार स्कटल्याण्डको सामना गर्दै

Written By Unknown on Thursday, July 30, 2015 | 11:48 PM

श्रावण १५ 
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले शुक्रबार स्कटल्याण्डको सामना गर्दैछ । नेपाली समय अनुसार साढे ३ बजे सुरु हुने खेलमा सुखद नतिजाका साथ नेपाली टोली लिगको अंक तालिकामा खाता खोल्ने दाउमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एक दिवसीय ढाँचाको यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाईरहेको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि पहिलो खेलमा नेपाल ३ रनको झिनो अन्तरमा पराजित भएको थियो । आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्ड दुबै पहिलो चरणका खेल खेलिरहेका छन् । दुई वर्षसम्म सञ्चालन हुने लिगमा प्रत्येक राष्ट्रले एक अर्कासँग होम एण्ड अवे गरी २–२ खेल खेल्ने छन् । प्रतियोगितामा नेपाल र स्कटल्याण्डसँगै नामिबिया, पपुवा न्युगिनी, हङकङ, युएई, केन्या र नेदरल्याण्ड्स सहभागी छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC