आन्तरिक राजस्व कार्यालय भरतपुरले सबैभन्दा बढी आम्दानी बियर उद्योगबाट भएको जनाएको छ । एक वर्षको अन्तरालमा एक करोड लिटर बियर उत्पादन बढेको छ भने राजस्व पनि १ अर्ब बढेको छ । उक्त तथ्यांकलाई हेर्दा नेपालीमाझ बियर लोकप्रिय पिय पदार्थको रुपमा रहेको छ । नेपाली बजारमा बियरको खपत वार्षिक रुपमा बढ्दो क्रममा रहेको छ । ट्राफिक प्रहरीले मापसे चेकजाँच कडा पारिरहेको समयमा यसको खपत घटेको अनुमान गरेपनि वास्तविकता भने उल्टो देखियो । आन्तरिक राजस्व कार्यालयबाट प्राप्त सूचनाअनुसार बियरबाट मात्रै कार्यालयले ६ अर्ब ९ करोड ७ लाख ७८ हजार ३५२ संकलन भएको आन्तरिक राजस्व कार्यालय चितवनले जनाएको छ । नवलपरासीका दुई र चितवनको एक गरी कुल ३ वटा बियर उद्योगले राजस्व तिर्दै आएका छन् । आर्थिक वर्ष ०७०-७१ मा एउटै बियर उद्योग गोर्खा ब्रुअरी बाट साढे तीन अर्ब राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ६ लाख ३५ हजार ८ सय २९ रूपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।त्यस्तै, सिजी बु्रअरी प्रालिले १ अर्ब १९ करोड ७७ लाख ५९ हजार २४२ रूपैयाँ राजस्व सरकारलाई तिरेको छ । भरतपुर ९ गोन्द्राङमा रहेको एभरेष्ट ब्रुअरी प्रालिले ५४ करोड २३ लाख ८३ हजार २८० राजश्व तिरेको कार्यालय प्रमुख टीकाराम भुषालले जानकारी दिए । तीन वटा उद्योगले कुल ६ करोड ५८ लाख २४ हजार ४४४ लिटर बियर उत्पादन गरेबापत् सरकारलाई ६ अर्ब ९ करोड ७ लाख ७८ हजार बढी अन्तःशुल्क राजस्व तिरेका हुन् । अघिल्लो आर्थिक वर्षमा तीन उद्योगको कुल बियर उत्पादन ५ करोड ६९ लाख ७८ हजार ३९१ लिटरमात्र रहेको थियो । एक वर्षको अन्तरालमा झण्डै १ करोड लिटर बढी बियर उत्पादन भएको देखिन्छ ।कुल उत्पादितमध्ये १ लाख २४ हजार ५६१ लिटर बियर गत वर्ष विदेश निकासी भएको तथ्याकंमा उल्लेख छ । रक्सीजन्य उत्पादनबाट १ अर्ब ९९ करोड २० लाख ६५ हजार राजश्व संकलन भएकोमा सुर्तीजन्य उत्पादनबाट ७ करोड ३४ लाख ८० हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चुरोटबाट भने कुल ४ करोड ५० लाख ६६ हजार २५० राजस्व संकलन भएको कार्यालय प्रमुख टीकाराम भुषालले जानकारी दिए । ९ अर्ब २९ करोड राजस्व संकलन लक्ष्य लिएको आन्तरिक राजस्व कार्यालय चितवनले आर्थिक वर्ष २०७१÷०७२ मा ९ अर्ब ९३ करोड ८८ लाख ४४ हजार राजस्व संकलन गरेको छ ।लक्ष्यभन्दा ६२ करोड बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका कर्मचारीले बताएका छन् । आर्थिक वर्ष ०७०÷०७१ मा यस कार्यालयले कुल आठ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । चितवन जिल्ला र पश्चिममा दाउन्नेसम्मका करदाताले यस कार्यालयमा राजस्व बुझाउँछन् । कुल राजस्वको झण्डै ७० प्रतिशत नवलपरासीबाट संकलन हुने गरेको छ । कुल राजस्वमा अन्तःशुल्कबाट उठ्ने राजस्वको मात्रा सर्वाधिक छ ।
Home »
Local News
» चितवनमा बियरबाट भारी राजस्व संकलन
चितवनमा बियरबाट भारी राजस्व संकलन
Written By Unknown on Thursday, July 30, 2015 | 11:44 PM
Labels:
Local News
Post a Comment