Home » » पुर्बीचितवनको भण्डारामा ट्रक र स्कुटर ठक्कर खादा एक बालिकाको मृत्यु

पुर्बीचितवनको भण्डारामा ट्रक र स्कुटर ठक्कर खादा एक बालिकाको मृत्यु

Written By Unknown on Tuesday, July 28, 2015 | 4:21 AM


चितवन , श्रावण १२
पुर्बीचितवनको भण्डारामा ट्रक र स्कुटर एकआपसमा ठक्कर खादा एक बालिकाको मृत्यु भएको छ । भण्डारा २ हर्दी चोकमा आज दिउसो पुर्बबाट पश्चिम् तर्फ आउदै गरेको ना ४ ख ९९२९ नम्बरको ट्रक र पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको बा ४१ प ७७०८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खादा एक बालिकाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । दुर्घटनामा परि साढे दुई बर्षकी एन्जिला बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्कुटरमा सवार बर्ष २१ कि ईन्दिरा बिष्ट र भण्डारा १ बस्ने बर्ष ३२ कि आशा श्रेष्ठ रहेकी छिन् । घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC