Home » » भारतका पूर्वराष्ट्रपति कलामको निधन,सातदिने राष्ट्रिय शोकको घोषणा

भारतका पूर्वराष्ट्रपति कलामको निधन,सातदिने राष्ट्रिय शोकको घोषणा

Written By Unknown on Tuesday, July 28, 2015 | 4:11 AM


श्रावण १२ 
भारतका पूर्वराष्ट्रपति डा। एपीजे अब्दुल कलामको निधन भएको छ । उनको निधनमा भारतमा सातदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । एक कार्यक्रममा सम्बोधन गर्दागर्दै सोमबार साँझ ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा। एपीजे अब्दुल कलामको उपचारका क्रममा सोमबारै साँझ निधन भएको हो । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोस भएका थिए । ‘मिसाइल मेन’को नामले चिनिने ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आइसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो । कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् १९३१ अक्टुबर १५ मा तमिलनाडुको रामेश्वरम्मा जन्मिएका कलाम भारतका ११औं राष्ट्रपति बनेका थिए । भारतको मिसाइल टेक्नोलोजी निर्माणमा ठूलो योगदान दिएका कलाम १९९७ मा सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए । उनको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले शोक व्यक्त गरेका छन् । कलामको निधनमा प्रधानमन्त्री सुशील कोइरालाले पनि दुःख व्यक्त गरेका छन् । ‘पूर्वराष्ट्रपति डा। कलामको निधनको खबरले अत्यन्त मर्माहत भएको’ भन्दै उनले ‘दिवंगत आत्माको चीरशान्तिको कामना गर्छु’–भनेका छन् । भारतलाई वैज्ञानिक क्षेत्रमा उन्नति र प्रगतिको मार्गमा हिँडाउन कलामले गरेको योगदान अविश्मरणीय रहेको भन्दै प्रधानमन्त्री कोइरालाले उनको निधनबाट भारतले मुलुकको उन्नति र प्रगतिप्रति सदा समर्पित पूर्वराष्ट्रपति र वैज्ञानिक गुमाएको उल्लेख गरेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC