साउन १५

कास्की र म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।कास्कीको भदौरे, लुम्ले र ढिकुरपोखरीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । बुधबार राति अविरल बर्षासँगै गएको पहिरोका कारण लुम्लेमा २३, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा २ जना गरी २४ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर बगाउँदा लुम्ले–६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त बिक, चिजा बिक, सम्झना बिक, सविना बिक, सुनिल बिक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ ।यस्तै सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी बिक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उता, भदौरेमा ८ घर बगाउँदा टिकाराम बिक, रामकुमारी बिक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ । पहिरोमा परी लुम्लेमा सातजना घाइते र १५ भन्दा बढी बेपत्ता भएको स्थानीयले जनाएका छन् ।भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् । लुम्लेको ४ र ६ वडामा पहिरोले २० हजार लिटरको पानी ट्याङ्की बगाएको छ । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरीले उद्धार गरिरहेका छन् ।दुबै तर्फका घाइतेहरुलाई पोखरा ल्याइएको छ । भदौरे तामागीमा भने एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीनवटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ ।खहरे र हर्पनखोला बढेर सुुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीयले बताएका छन् । पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्र समेत डुवानमा परेको छ । पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रका केही घरमा समेत क्षति पु¥याएको छ ।
Post a Comment