
हिन्दु राष्ट्रको माग गर्दै शुक्रबार बिहानैदेखि दाङ जिल्ला बन्द गरिएको छ । हिन्दु राष्ट्र स्थापना अभियानका संयोजक खुमबहादुर खड्काकै गृहजिल्ला दाङमा बिहानैदेखि हिन्दु धर्म पक्षधरले बजार तथा यातायात बन्द गराएका छन् । स्वधर्म संस्कृति संरक्षण अभियानको अगुवाईमा बन्द आह्वान गरिएको हो । बन्दका कारण बिहानैदेखि यातायात, शिक्षण संस्था, बजार प्रभावित भएको छ ।
Post a Comment