Home » » मणिपुरमा पहिरोमा परी २० जनाको मृत्यु

मणिपुरमा पहिरोमा परी २० जनाको मृत्यु

Written By Unknown on Saturday, August 1, 2015 | 11:00 PM

श्रावण १७ 
भारतको मणिपुर राज्यमा भारी वर्षापछि गएको पहिरोमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । चन्देल जिल्लाको एक गाउँमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । दुर्गम गाउँमा गएको पहिरोका कारण उद्दारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । बाढी र पहिरोका कारण त्यहाँका सडक र पुल क्षतिग्रस्त भएका छन् भने यातायात सम्पर्क टुटेको छ । पछिल्ला केही दिनमा मणिपुरमा लगातार पानी परिरहेको छ ।
यसैगरी मिजोरम राज्यमा पनि पहिरो गएको छ । मिजोरम र मणिपुर राज्यमा गरी हजारौं मानिस घरबारविहीन भएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC