श्रावण १७
आगामी साउन २४ गतेदेखि बंगलादेशमा हुने तेस्रो अन्डर–सिक्सटिन साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ । बंगलादेश फुटबल फेडरेसन हाउसमा शनिबार भएको ड्रमा नेपाल अफगानिस्तान र माल्दिभ्स रहेको समूह ‘बी’ मा परेको हो । अर्को समूह ‘ए’ मा भारत, श्रीलंका र आयोजक बंगलादेश परेका छन् । भुटान र पाकिस्तानले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि ६ टोली मात्रै प्रतिस्पर्धा गर्न लागेका हुन् । हरेक समूहको शीर्ष स्थानको टिमले अर्को समूहको दोस्रो टिमसँग सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १ गते हुनेछ ।
Post a Comment