भदौ १५
संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको वन्दले मंगलबार९आज० दोस्रो दिन पनि पूर्वको जनजिवन प्रभावित भएको छ । अरुण पूर्वका नौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टी नेपालले हिजोदेखि पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको हो । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, ते¥हथुम र धनकुटा जिल्लामा यातायात, वजार, शिक्षण संस्था तथा कलकारखाना ठप्प छन् । वन्दलाई कडा बनाउने भन्दै वन्दकर्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन् । वन्दकर्ताहरु विहानै चोकचोकमा निस्केर वजार पसल वन्द गराउँदै हिडेका छन् । उता, वन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले सोमबार राती पाँचथरको रानीगाउँमा एउटा जिप, एउटा ट्याक्टर र एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।
Post a Comment