Home » » अखण्ड नवलपरासी माग गर्दै दोस्रो दिन पनि परासी बन्द

अखण्ड नवलपरासी माग गर्दै दोस्रो दिन पनि परासी बन्द

Written By Unknown on Tuesday, August 11, 2015 | 4:32 AM

साउन २६ 
नवलपरासी जिल्लालाई टुक्राएको बिरोधमा दोश्रो  दिन मँगलबार पनि नवलपरासीको सदरमुकाम परासी लगायतका मुख्य मुख्य बजार आज बिहानै देखी बन्द रहेका छन् । अखण्ड नवलपरासीको माग गर्दे अखण्ड नवलपरासी सँर्घर्ष समितिले बन्द आहावान गरेको हो । दोश्रो दिन मँगलबार गरीएको बन्दका कारण मुख्य गरी सदरमुकाम परासीका शैक्षिक सँस्था कल कारखाना तथा  बजार बन्द भएका छन  । बन्दले सर्बसाधारणहरु मर्कामा परेका छन ।  सुनवल, बर्दघाट, सेमरी , महेशपुर, बेलाटारी, भुमहि लगायतका मुख्य बजारमा पनि बन्द प्रभाब रहेको छ । दैनिक भिडभाड हुने मालपोत लगायतका सरकारी कार्यालहरु प्नि सुनसान रहेका छन । यातायातका साधन पनि चलेका छैनन । परासीबाट लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन । सवारीका साधन सडकमै अलपत्र परेका छन । बन्द्रकर्ताहरु ठाँउ ठाँउमा प्रदर्शन गरेका छन  ।भने मोटरसाईल जुलुस पनि गरेका छन ।  बन्दकर्ताले परासी बुद्ध चौकमा पाल टाँगेर बसेका छन र बिरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन ।  प्रान्तको खाका बनाउदा नवलपरासीको दाउन्ने पश्चिमलाई प्रदेश नम्बर ५ मा र दाउन्ने पुर्ब लगायत तराई तर्फका नरसही, त्रिबेणी रुपौलीया, कुडिया र पक्लीहवाललाई प्रदेश नम्बर ४ मा राखीएको परासी तर्फका स्थानीयहरुले आक्रोश पोखेका छन । तत्काल सीमाँकन मिलाएर नवलपरासीलाई अखण्ड राख्दै जिल्लाको अस्तीत्व कायम हुनु पर्ने माग गरेका छन । नवलपरासीलाई दुई प्रदेश बनाउदा ४ नम्बर प्रदेशले बिहारको नाका छोएको छ भने ५ ले उत्तर प्रदेश छुन्छ । नवलपरासी जिल्लालाई अखण्ड जिल्ला नभएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीले बताएका छन । नवलपरासी तराई , पहाड र भित्री मधेश तिन खाले भुगोल रहेकोमा जिल्लाका ३ नगरपाली र २८ गाबिस पश्चिममा र ४१ गबिस र तिन नगरपालीका पुर्बमा परेका छन ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC