Home » » थरुहटरथारुवान बन्द चितवनमा भोलीदेखि नै नहुने, बन्दको तयारी तिव्र

थरुहटरथारुवान बन्द चितवनमा भोलीदेखि नै नहुने, बन्दको तयारी तिव्र

Written By Unknown on Tuesday, August 11, 2015 | 4:54 AM


साउन २६,चितवन
थारुको छाता संगठन थारु कल्याणकारिणी सभा, थारु सभासद् र थारुका विभिन्न संगठनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन्। सिंहदरबारमा बसेको थारू सभासद, दलका नेताहरू, अधिकारकर्मी र थारू कल्याणकारिणी सभाका पदाधिकारीको बैठकले मसला जुलुससहित तराई बन्दको घोषणा गर्ने निर्णय गरेको हुन्। बन्दको कार्यक्रम भोलीदेखि नै गर्ने निर्णय गरिएको छ । तर चितवनमा भने भोलीदेखि नै बन्द भने नहुने भएको छ । बन्दका लागि तयारी पुरा नभई सकेकाले भोलीदेखिको बन्द कार्यक्रमलाई चितवनमा गर्न नसकिने थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले  जारी दिए । उनले भने–“हामी सबै क्षेत्रमा बन्दलाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक कार्यक्रम गरिरहेका छौं, तयारी अझै पुरा भई नसकेकाले भोलीदेखि नै गर्दैर्नौ ।” उनले तयारी पुरागरि ३० गतेदेखि भने बन्दको कार्यक्रमलाई अघि बढाउन सकिने बताए । यसअघि थाकले ३० गते थरुहट बन्दको आह्वान गरेको थियो । सोही अनुरुप चितवनमा बन्दलाई प्रभावकारी रुपमा अघि बढाउन अहिले छलफल भईरहेको छ । तर छलफल भईरहेको बेला आकस्मात भोलीदेखि नै बन्दको कार्यक्रम घोषणा गरिएपछि चितवनमा समस्या भएको हो । थारु सम्बद्ध संस्थाहरुले सर्वदलीय थारू संघर्ष समितिसमेत गठन गरेका छन्। संघर्ष समितिलाई सभासद्‍बाट फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, थारू कल्याणकारिणी सभाबाट अध्यक्ष धनीराम चौधरी र थारु संघसंस्थाबाट रमेश चौधरीले साझा नेतृत्व दिनेछन् ।
यस्तो छ आन्दोलनको कार्यक्रम 

१. कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही लगायत तराईको जिल्लामा भइरहेको आन्दोलनलाई निरन्तरता दिदै, साथै थारु कल्याणकारिणी सभाले साउन २२ गते घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई पूर्ण सहयोग र समर्थन । 

२. २०७२ साउन २६ गते साँझ ६ बजेः  मसाल जुलुस ९थरुहटरथारुवान० को सबै जिल्ला र काठमाण्डौं उपत्यकामा।

३.२०७२ साउन २७ गतेदेखि ३२ सम्म आमहडताल सहित थरुहटरथारुवान बन्द कार्यक्रम ।

तराईमा बसोबास गर्ने सबै नेपाली नागरिकहरुको पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकास सुनिश्चित गर्न प्रदेशको सिमांकनलाई मूल आधार बनाई अगाडि सारिएको मुद्दालाई सहयोग, साथ र समर्थन गर्नको लागि आदरणीय जनसमुदाय, नागरिक समाज, अधिकारकर्मी, विद्यार्थी, किसान, बरघर, मजदुर, पेशाकर्मी, पत्रकार सबैमा हार्दिक अपिल गर्दछौं। साथै अति भैपरी आउने एम्बुलेन्स, प्रेस गाडी, पानी बाकेको टैंकर, कुटनीतिक नियोगका गाडी, दूध बोकेको गाडीलाई आवत जावतमा रोक लगाइने छैन। सरकारले आन्दोलनकारीमाथि दमनको प्रयास गरे त्यसबाट श्रृजित असहज परिस्थितिबाट उत्पन्न हुने सबै घटनाको जिम्मेवारी नेपाल सरकारको हुनेछ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC