भदौ १
नवलपरासीलाई टुक्राएको बिरोधमा आज नवलपरासीमा नेपाली काग्रेसले बिरोध जनाएको छ । नवलपरासीलाई अखण्ड राख्नु पर्ने माग गर्दै नेपाली काँग्रेस नवलपरासीले बिरोध जनाएको हो । बिभिन्न मधेशी थारुहट दलहरुको बन्द भईरहेको बेला नेपाली काँग्रेस नवलपरासीले साईकल र्याली निकालेर बिरोध जनाएको हो । सदरमुकाम परासीको वाईपास सडकबाट निस्केको साईकल र्यालीमा जिल्ला अखण्ड राख्न माग राख्दै नाराबाजी गरीएको हो । नवलपरासी जिल्ला ऐतिहासीक, पुरातत्वीक र धार्मीक रुपले अन्तराष्ट्रिमा रुपमा समेत चर्चा पाईरहेको बेला सीमाँकन गर्दा खण्डीत गर्ने काम भएकोले तत्काल सीमाँकन सच्चाई नवलपरासीलाई अखण्ड राख्न माग गरीएको छ । साईकल र्यालीले परासी बजारका बिभिन्न भाग परीक्रममा गरी बुद्ध चौकमा सभा गरेको थियो । बिरोध सभामा नेपाली काग्रेसका सदस्यहरुले कुनै हालतमा जिल्ला टुक्राउन नहुनेमा जोड दिएका थिए । यता अखण्ड नवलपरासी सँघर्ष समिति र लोकतान्त्रीक मधेशी मार्चा तथा थारुहटको बन्दले एक हप्ता नाघि सकेको छ ।
Post a Comment