श्रावण २९

कास्कीको लेखनाथ नगरपालिकाका नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल(बादल) को बिहीबार राति हत्या भएको छ । लेखनाथ १ बरालथर निवासी पौडेलको बिहीबार राति हत्या भएको हो । घर भन्दा एक किलोमिटर टाढा पृथ्वी राजमार्गमा पर्ने गगनगौंडा नजिकै मारेर फालेको अवस्थामा उनको शव भेटिएको छ। मृतक पौडेल ५२ वर्षका थिए ।पौडेल शेरबहादुर देउवा पक्षका नेता हुन् । पार्टीको महाधिवेशन निजिकिँदै जाँदा कास्कीमा देउवा पक्ष र सुशील पक्षका नेतावीच सदस्यता सम्बन्धी विवाद चर्किएको थियो । यही विवादका कारण पौडेलको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । यसक्रममा प्रहरीले कांग्रेस समर्थक केहीलार्इ पक्राउ गरेको बुझिएको छ । यसैबीच, स्थानीयले पौडेलको हत्याको विरोधमा पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् । बाटो अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Post a Comment