Home » » अखिल क्रान्तिकारीले एक हप्ते अभियान संचालन गर्ने

अखिल क्रान्तिकारीले एक हप्ते अभियान संचालन गर्ने

Written By Unknown on Thursday, August 13, 2015 | 6:04 AM


चितवन, साउन २८
अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति चितवनले हरेक क्षेत्रमा एक हप्ते अभियान संञ्चालन गर्ने भएको छ । संगठनको आशन्न २८ औ जिल्ला सम्मेलनलाई लक्षित गर्दै अभियान संञ्चालन गर्न लागिएको हो । यस अभियान अन्तरगत अखिल नेपाल स्वतन्त्र विद्यार्थि युनियन क्रान्तिकारी चितवनले हरेक निर्वाचन क्षेत्रमा रहेका कलेज तथा विद्यालयहरुमा आफ्नो सक्रियता वढाउने, संगठन विस्तार गर्ने, नया सदस्यता विस्तार गर्ने र रचनात्मक कृयाकलापहरु संञ्चालन गरीने संगठनका जिल्ला अध्यक्ष दिलिप पौडेलले जानकारी दिनु भयो । चितवनमा दश हजार विद्यार्थि सदस्यता रहेको वताउदै अध्यक्ष पौडेलले यस अभियानमा थप १० हजार नया विद्यार्थीहरुलाई सहभागिता गराउने वताउनु भयो । संगठनको असोज १५ गते रामपुरमा सम्पन्न हुने २८ औ अधिवेसनको तयारीका लागि यो अभियान संञ्चालन गर्न लागिएको अनेरास्ववियू क्रान्तिकारी चितवनले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । शैक्षिक माफियाकरणकोविरुद्ध प्रतिरोध अभियान, निःशुल्क सर्वसुलभ शिक्षा प्राप्तीको लागि अखिल क्रान्तिकारी को २८ औं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न गर्न लागिएको सो सम्मेलनमा जिल्लाका एक सय ५६ जना प्रतिनिधिहरुको सहभागिता रहने छ । सम्मेलन सम्पन्न गर्नका लागि सात वटा उप समिति गठन गरी सम्मेलनको तयारीलाई तिव्रताका साथ अगाडि वढाउन लागिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सम्मेलनले एक वर्षे कार्यकालका लागि ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC