Home » » ‘विश्वविद्यालयमा तत्काल पदपुर्ति गरियोस’

‘विश्वविद्यालयमा तत्काल पदपुर्ति गरियोस’

Written By Unknown on Wednesday, August 19, 2015 | 12:11 AM


भदौ २ 
संयुक्त विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा रिक्त रहेको पदहरुमा तत्काल पदपुर्ति गर्न सरकारसँग माग गरेका छन । बुधबार बिहान बसेको संयुक्त बैठकले उक्त पदका लागि राजनीतिक भागबण्डा भन्दा माथि उडेर विज्ञ प्राज्ञबाट उपकुलपति लगायतका पदपुर्ति गर्न माग गरेका हुन । बैठकले गत बैशाख ६ गते शिक्षा मन्त्रालय र विद्यार्थी संगठन बीच भएको १० बुदें सहमतिमा मन्त्रालय उदासिन भएको प्रति गम्भिर आपत्ति प्रकट गरेको छ । बैठकले सहमति कार्यान्वयन तत्कालै नगरे कडा संघर्ष गर्ने समेत निर्णय भएको नेवि संघका प्रबक्ता युपी लामिछानेले जानकारी दिए । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुरुप आयल निगमले मूल्य समायोजनमा ध्यान नदिकोप्रति समेत संगठनहरुले विरोध गरेका छन । उनीहरुले जारी आन्दोलनका क्रममा घाइते भएका र मृत्यु भएका क्षतिपुर्ति दिलाउन र चाँडो देशलाई नयाँ संविधान दिनसमेत आग्रह गरेका छन । 


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC