भदौ २

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बुधबार बसेको बैठकमा संविधानसभा छाड्ने विषयमा गम्भीर छलफल भएको छ । मोर्चाको एक घटक ‘सदभावना पार्टी’ले संविधानसभा त्यागेको घोषणा गरेको भोलिपल्ट सो पार्टीको समेत सहभागितामा बसेको मोर्चाको बैठकमा अन्य दलले पनि संविधानसभा त्याग्नेबारे छलफल भएको बताइएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीका अनुसार यथास्थितीमा संविधानसभामा रहनुको कुनै औचित्य नरहेको भन्दै बैठकमा गम्भीर छलफल भएको छ । उनले केहीबेरमै बैठकको निर्णय सार्वजनिक गरिनेसमेत बताए । बैठकमा मुस्लिम र थरुहट गठबन्धनका प्रतिनिधिसमेत सहभागी भएको त्रिपाठीले बताए । यसअघि मंगलबार सदभावना पार्टीले संविधानसभाबाट अलग हुने निर्णय गरेको थियो । ‘प्रमुख दलले दुई तिहाइ बुहमतको दम्भ देखाएर ल्याएको संविधानको मस्यौदाले मधेसी, थारु, दलित, आदिवासी आदि समुदायको प्राप्त अधिकारलाई सुनियोजित तरिकाले समाप्त पार्ने षड्यन्त्र भएको’ जनाउँदै सदभावनाले संविधानसभा छाड्ने निर्णय गरेको हो ।
Post a Comment