Home » » सोमलाल सुवेदी मुख्य सचिवमा नियुक्त

सोमलाल सुवेदी मुख्य सचिवमा नियुक्त

Written By Unknown on Wednesday, August 5, 2015 | 3:10 AM

साउन २०
सरकारको मुख्य सचिवमा संघीय मामिला मन्त्रालयका सचिव सोमलाल सुवेदी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो। तीन दशकभन्दा लामो समयदेिख निजामित सेवामा रहेका सुवेदी स्थानीय विकास विज्ञ पनि मानिन्छन्। खरिदारबाट बत्तिस वर्षअघि सरकारी सेवामा प्रवेश गरेका सुवेदी आर्थिक मामिलामा विवादमा परेका छैनन्। कास्कीका सुवेदी शाखा अधिकृतमा नाम निकाल्दा योग्यताक्रमका आधारमा अर्थ मन्त्रालयमा परेका थिए। खुला प्रतिष्पर्धाबाट उपसचिव र सहसचिव भएका उनले यी दुवै पदमा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताए। सचिव भएपछि श्रम तथ वैदेशीक रोजगार र शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा काम गर्दा पनि उनी सुधारकै पक्षमा उभिएका थिए। सचिव भएपछि मन्त्रिपरिषद्को सचिवको रुपमा काम गरेका सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव भएका हुन्। सचिवहरुमध्ये वरियताक्रममा एक नम्वरमा रहेका श्रीधर गौतमको कार्यकाल एक वर्ष पनि बाँकि नरहेकाले प्रधानमन्त्रीले सुवेदीलाई रोजेको स्रोतहरुले बताएका छन्। वरियताक्रममा तीन नम्बरमा रहेका उद्योग सचिव जयमुकुन्द खनाल पनि प्रतिष्पर्धामा थिए। उनलाई एमालेले आफ्नो उम्मेदवार बनाएको थियो। कांग्रेससँगको निकटताका कारण ुजुनियर ब्याचुको भएपनि शिक्षा सचिव विश्वप्रकाश पण्डित पनि मुख्य सचिवको दौंडमा थिए। उनका पक्षमा कांग्रेसका केहि मन्त्री र दर्जनौं सचिवहरुले लविङ गरेका थिए।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले ब्याच नाघेर मुख्य सचिव नियुक्त गर्न नहुने परामर्श पटक पटक दिइरहेका थिए। मुख्य सचिव लीलामणि पौडेलले ब्याच नाघेर मुख्य सचिव नियुक्ती गर्नु अबैधानिकु नै हुने राय सोमवार पनि दिएका थिए। विद्यावारिधी समेत गरेका सुवेदी लागेको कुरा प्रष्ट राख्न सक्ने स्वभावका प्रशासक मानिन्छन्। पौडेलको कार्यकाल शुक्रबारदेखि सकिँदैछ। मुख्य सचिवको कार्यकाल तीन वर्षको हुन्छ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC