
बलिउडका चर्चित दुई खानलाई एउटै चलचित्रमा देख्ने दर्शकको चाहना पुरा हुने भएको छ । व्यक्तिगत सम्बन्धका कारण दुई खानलाई एउटै चलचित्रमा खेलाउन असजिलो भएको थियो । यो अप्ठ्यारो यस राज फिल्मसका आदित्य चोपडाले तोडेका छन् । करन–अर्जुनमा सँगै काम गरेर दर्शकको मन जितेका शाहरुख र सलमानलाई एउटै चलचित्रमा अभिनय गर्न मनाउन चोपडा सफल भएका हुन् । शाहरुख र सलमानलेसँगै अभिनय गर्ने चलचित्रको निर्देशन आदित्यले नै गर्ने तयारी छ । दुई खान अभिनित चलचित्र सन् २०१६ को अन्त्यसम्ममा तयार हुने जनाइएको छ । शाहरुखलाई पहिले नै चलचित्रमा लिने पक्का भएको र उनको साथमा रणविर सिंहलाई अभिनय गराउने तयारीएको थियो । तर शाहरुख र सलमानलाई एकसाथ अभिनय गराउँदा बक्स अफिसमा चलचित्रले राम्रो गर्ने अपेक्षा सहित आदित्यले सलमानलाई चलचित्रमा अभिनय गर्न मनाएका हुन् । चलचित्रको स्कृप्ट तयार भैसकेको छ । यसलाई दुवै खानले मन पराएका छन् । अभिनेत्री भने तय भैसकेको छैन । चलचित्रका बारेमा विस्तृत जानकारी अहिले दिएको छैन । शाहरुख र सलमान पछिल्लो पटक सन् २००२ मा चलचित्र हम तम्हारे है सनमामा देखिएका थिए ।
Post a Comment