Home » » कतारमा कामदारको तलब अब बैंक मार्फत भुक्तानी हुने

कतारमा कामदारको तलब अब बैंक मार्फत भुक्तानी हुने

Written By Unknown on Tuesday, August 18, 2015 | 2:56 AM

भदौ १ 
कतार सरकारले मंगलबारदेखि कामदारको तलब बैंक मार्फत भुक्तानी गर्ने भएको छ । बहुप्रतिक्षित ज्याला संरक्षण प्रणाली (डब्लुपिएस) लागु भएपछि अब कतारमा निजी क्षेत्रका सबै कामदारको तलब बैंकिङ प्रणालीबाट अनलाइनमार्फत भुक्तानी हुने भएको हो । कतारमा रहेका सबै कामदारको अभिलेख श्रम तथा सामाजिक मामिला मन्त्रालयले तयार गरेको छ । मन्त्रालयले सेन्ट्रल बैंकसँगको सहकार्यमा कार्यान्वयन गरेपछि कतारमा कार्यरत सबैको बैंक खाता अनिवार्य हुनुपर्ने छ । कम्पनीको बैंक खाताबाट कामदारको खातामा बैंकले तलब ट्रान्सफर गरिदिनेछ । यो प्रणाली कार्यन्वयन भए नभएको अनुगमन श्रम मन्त्रालयले नै गर्ने छ । अुनगमनका लागि छुट्टै निरीक्षण एकाइ खडा गरिएको छ । डब्लुपिएस कार्यन्वयन नगर्ने कम्पनीलाई कारबाही हुनेछ  ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC