Home » » भारतीय राष्ट्रपतिलाई पत्नीशोक

भारतीय राष्ट्रपतिलाई पत्नीशोक

Written By Unknown on Tuesday, August 18, 2015 | 3:01 AM


भदौ १ 
भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई पत्नी शोक परेको छ । राष्ट्रपति मुखर्जीकी पत्नी सुभ्रा मुखर्जीको ७४ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपति मुखर्जीले आफ्नो ट्वीटर अकाउन्टबाट पत्नी वियोगको जानकारी दिएका हुन् । मंगलबार बिहान दिल्लीस्थित आमी रिसर्च एन्ड रेफरल अस्पतालमा स्थानीय समयअनुसार बिहान १०ः५१ बजे उनको निधन भएको हो । हृदयघात भएपछि राष्ट्रपति पत्नी सुभ्रालाई ७ अगस्टमा आर्मी अस्पताल भर्ना गरिएको थियो । सुभ्रा मुखर्जीको जन्म हालको बंगलादेशस्थित जसौरमा १७ सेप्टेम्बर, १९४० मा भएको थियो । १३ जुलाई १९५७ मा उनको विवाह प्रणव मुखर्जीसँग भएको थियो । उनी गायिका र पेन्टर पनि थिइन् । उनका दुई छोरा र एक छोरी छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC