Home » » युरोपमा व्यापक खेलाडी किनबेच, रहिम स्टर्लिङ सबैभन्दा महंगा खेलाडी

युरोपमा व्यापक खेलाडी किनबेच, रहिम स्टर्लिङ सबैभन्दा महंगा खेलाडी

Written By Unknown on Monday, August 3, 2015 | 11:24 PM

 श्रावण १९ 
युरोपका चर्चित फुटबल क्लवहरु यतिवेला खेलाडी किनबेचमा व्यस्त भएका छन् । इंग्लिस फुटबलको नयाँ सिजन सुरु हुनुपुर्व यो सिजनमा मात्रै खेलाडी किनबेचमा गरिएको खर्च पाँच सय मिलियन पाउण्ड स्टर्लिङ नाघेको छ । युरोपियन फुटबल बजारमा खेलाडी किनबेचको समय मानिने ट्रान्सफर विन्डो अगष्ट महिनाभरी भएकोले यो वर्षको खर्चले अहिलेसम्मकै किर्तीमान तोड्ने अनुमान गरिएको छ । इंग्लिस प्रिमियर लिग सुरु हुन  ५ हप्ता बाँकी रहँदा क्लवहरुले खेलाडी किनबेचमा पाँच सय मिलियन पाउण्ड गरिसकेका छन् । खेलाडी किनबेचको लागि अझै चार हप्ताको समय बाँकी छ । गएको वर्ष प्रिमियर लिगका क्लबले खेलाडी किनबेचका लागि ८ सय ३५ मिलियन पाउण्ड स्टर्लिङ खर्च गरेका थिए । यो सिजनमा म्यानचेस्टर सिटीले लिभरपुलका फर्वाडर रहिम स्टर्लिङलाई ४९ मिलियन पाउण्डमा अनुबन्धित गरेको छ । योसँगै स्टर्लिङ इंग्ल्याण्डका अहिले सम्मकै सबैभन्दा महंगा खेलाडी बनेका छन् । यस पटक म्यान्चेस्टर युनाईटेड, लिभरपुल लगायतका क्लवहरुले खेलाडी किनवेचमा अत्याधिक खर्च गरेका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC