Home » » नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै

Written By Unknown on Sunday, August 16, 2015 | 6:14 AM

श्रावण ३१ 
तेस्रो साफ यु–१६ फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा आइतबार (आज) नेपाल र भारत भिड्दैछन् । बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको समूहमा शीर्ष स्थान ओगट्दै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई १–० ले हराएको थियो । अर्कोतर्फ भारतले समूहमा श्रीलंकालाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा लगातार तेस्रोपटक सेमिफाइनलमा पुगेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान छ । यसअघि काठमाडौंमा भएको दोस्रो संस्करणको फाइनलमा भारतसँग हारेको नेपाललाई आज उक्त हारको बदला लिने अवसर मिलेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC