श्रावण ३१
भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न लागेका आप्रवासी चढेको पानीजहाजमा ४० जनाको निस्सासिएर मृत्यु भएको छ । ३ सय २० आप्रवासी चढेको पानीजहाज भूमध्यसागर पुग्दा पानीजहाजको इन्जिनबाट निस्केको धुँवाका कारण निस्सासिएर मृत्यु भएको बुझिएको छ । केहीलाई भने लिबियाको समुन्द्री किनाराबाट उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो वर्ष मात्रै भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने दुई हजारभन्दा बढी आप्रवासीको मृत्यु भइसकेको छ ।
Post a Comment