३० साउन

संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आयोजनामा भरतपुरमा ‘सिएमसी भरतपुर गोल्ड कप २०७२’ हुने भएको छ । यस प्रतियोगितामा चितवनका ७ र नवलपरासी, पर्सा र रुपन्देही जिल्लाका ५ टिम गरी कुल १२ टिमले सहभागिता जनाउने आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । भदौ ५ गते हुने उद्घाटन खेलमा एभरेष्ट क्लव भरतपुर र योगं स्टार कावासोती भीड्ने संघका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो । खेल भरतपुर स्थित वीरेन्द्र क्याम्पस खेल मैदानमा हुनेछ । खेलमा सहआयोजक भरतपुर फुटवल क्लव, पद्मोदय क्लव पटिहानी, टाँडी क्लव, नारायणगढ फुटवल क्लव, चितवन स्र्पोटस् क्लव भरतपुर, वसन्तपुर युनाइटेड क्लव माडी, एभरेष्ट क्लव भरतपुर वसेनी, योंग स्टार कावासोती, टेन्सवर्ग रुपन्देही, अभिषेक चर्च रजहर, गैंडाकोट ११ र वीरगंज यूथ एकेडेमीले सहभागिता जनाउने अध्यक्ष लामिछानेले बताउनुभयो । प्रतियोगितामा विजयी हुनेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाउने प्रतियोगिताको सह आयोजक भरतपुर फुटवल क्लवका अध्यक्ष लक्षु गुरुङले जानकारी दिनुभयो । यस प्रतियोगिताको मुख्य प्रायोजकमा चितवन मेडिकल कलेज सिएमसी रहेको छ । नकआउट चरणमा खेलाइने उक्त खेलको फाइनल भदौ १६ गते हुने आयोजकले जनाएको छ ।
Post a Comment