साउन ३०

थारु लगायत मधेषी समुदायले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई पनि मधेषका जिल्लाहरु समेटिएको प्रदेशमा राख्नु पर्ने माग गर्दै आन्दोलन गरेका छन् ।थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले स्थितलाई नियन्त्रणमा लिन रबरको गोलीका साथै अश्रुंग्यांस समेत चलाएको छ ।तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यांसका साथै हवाइ फायर गरेको हो । प्रदर्शनकारी अराजक शैलीमा प्रस्तुत भएपछि रबरको गोली हान्नु परेको स्थानीय प्रशासनले जनाएको छ । प्रहरीले हानेको गोली लागि मनोहराका थारुवान कार्यकर्ता कोमल चौधरी घाइते भएका छन् । घाइते चौधरी परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीसगको झडपको क्रममा आन्दोलनकारीले हानेको ढुंगा लागि एक प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । थारु समुदायको अधिकार कुण्ठित गर्दा पनि एमाले सभासद वैजनाथ चौधरी मौन बसेको भन्दै थारु कार्यकर्ताहरु सभासद चौधरीको घर घेरा हाल्न गएका थिए ।यसैबीच बन्दका कारण आज पनि जनजीवन प्रभावित भएको छ । बन्दका कारण सर्वसाधारणले समेत सास्ती पाउन थालेका छन् ।यस्तै नवलपरासीको बासाबसाही र तुलसीनगर क्षेत्र तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित बासामा सडक अवरुद्ध गरेका आन्दोलनकारीमाथि प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरेको भन्दै थरुहट कार्यकर्ताहरु आक्रोशित भएका छन् । बासा क्षेत्र पनि तनावग्रस्त बनेको छ । आन्दोलनकारीले शुक्रबार सा“झ एमाले परासीस्थित पार्टी कार्यालय तोडफोड गरेका थिए ।यसैबीच नेकपा एमाले नवलपरासीले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । जिल्ला अध्यक्ष रोशनबहादुर गाहा र कार्यालय सचिव तुलसी पासीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी क्षतिपूर्ति भराउन र कारवाहीको लागि समेत माग गरिएको छ । त्यस्तै अखण्ड नवलपरासीको माग गर्दै आन्दोलन गरेका पक्षले शनिबार विहान परासीको महेशपुरचोकमा दि हिमालयन टाईम्स पत्रिका वोकेको ग १ च १६२० नं। को भ्यानमा तोडफोड गरेका छन् ।विहान नारयणगढबाट भुमही हुदै भैरहवा जादै गरेको भ्यानलाई रोकेर आन्दोलनकारीले ढुङ्गा हानेको भ्यानका चालक लक्ष्मण चौधरीले बताए। पत्रिकाको गाडीमाथी आक्रमण भएपछि आक्रमण गर्नेको खोजिभइरहेको नवलपरासीका प्रहरी प्रमुख एसपी नलप्रसाद उपाध्यायले वताए । उता आन्दोलको नेतृत्व गरेका रामभवन यादवले प्रेसमाथीको आक्रमण निन्दनीय भएको र आन्दोलनकारीवाट गल्ती भएको वताएका छन् ।
Post a Comment