श्रावण २८
इराकको बग्दादमा भएको बम विस्फोटमा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । बग्दादको व्यस्त बजारमा विस्फोट पदार्थसहितको ट्रक प्रवेश गराइ विस्फोट गराइएको हो । घटनामा ८६ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनालगत्तै बजार बन्द गरी सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
Post a Comment