Home » » मुस्लिम संघर्ष गठबन्धनद्धारा संविधानसभा भवन घेराउ

मुस्लिम संघर्ष गठबन्धनद्धारा संविधानसभा भवन घेराउ

Written By Unknown on Friday, August 28, 2015 | 5:13 AM

भदौ ११ 
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधानमा मुस्लिम अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै शुक्रबार संविधानसभा भवन घेराउ गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभामा मुस्लिम नेताहरुले संवैधानिक मुस्लिम आयोग बन्नुपर्ने, मुस्लिम पारिवारिक कानुन सुनिश्ति गर्नुपर्ने, मुस्लिम अधिकारसहितको पहिचानको माग पूरा गर्नुपर्नेलगायतका माग राखेका थिए । राष्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष समिम अन्सारीले राष्ट्रिय अखन्डता र स्वाधीनताको रक्षा गर्न मुस्लिमहरु पछि नपर्ने भन्दै नयाँ संविधानमा मुस्लिमहरुको विशेष अधिकार सुनिश्चित गर्न माग गरे । भेलामा देशभरका मुस्लिम संघ–संगठनका प्रतिनिधिहरु सहभागी थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC